
संखुवासभा । टिकटकमा अश्लिल फोटो, भिडियो पोस्ट गरी विद्युतीय अपराध गरेको आरोपमा सुनसरी हरिनगरा गाउँपालिका-१ का २५ वर्षीय जुबेर आलम मियाँ पक्राउ परेका छन् ।
उनले वैशाख २५ गते संखुवासभाकी एक युवतीको टिकटकमा अश्लिल फोटो र भिडियो पोस्ट गरेका थिए । ती युवतीले प्रहरी कार्यालय संखुवासभामा वैशाख २९मा उजुरी दिएकी थिइन् ।
आलमलाई इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीसँगको समन्वयमा पक्राउ गरिएको संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए ।
सुनसरी ईटहरी उपमहानगरपालिका( ६ मा फेला पारी नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि बिहीबार संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

























