मोरङबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३, शनिबार ०७:३२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । मोरङबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ४ जना पक्राउ परेका छन् । लागुऔषध ओसारपसारमा प्रयोग गरिएको २ वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको संयुक्त टोलीले रतुवामाई नगरपालिका–२ घरु चोकबाट उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा मे ९ प ५६९५ नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका–९ का २५ वर्षीय मनिष राई र पछाडि सवार ३३ वर्षीय डिकेन्द्र तामाङ तथा को २७ प ८५५३ नम्बरको मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका–२ का ३१ वर्षीय बुद्दिराज राई र पछाडि सवार ३० वर्षीय सूर्य विक रहेका छन् ।

मनिषको साथबाट ७ ग्राम ४३० मिलिग्राम र बुद्धिराजको साथबाट ४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको ब्राउन सुगर, नियन्त्रणमा लिइएको मोटरसाइकल र पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ ।

पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.