इनरुवामा नाला निर्माणको विवादमा कुटपिट, १ जना घाइते

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार ०७:३१

विराटनगर । सुनसरीको इनरुवामा नालाको विषयमा विवाद भएर कुटपिट हुँदा १ जना घाइते भएका छन् ।

कुटपिटबाट इनरुवा नगरपालिका–३ का ४० वर्षीय कपिलदेव यादव घाइते भएका हुन् । यादवमाथि स्थानीय पृतम अटल, किरण निरौला र विनोद भनिने व्यक्तिसहित ३ जनाको समूहले शनिबार राति १०ः३० बजेतिर कुटपिट गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

उनका अनुसार कुटपिटबाट यादवको टाउको, अनुहार, हात, कम्मर र दुवै खुट्टामा चोट लागेको छ । मध्यम अवस्थाका घाइतेलाई जिल्ला अस्पताल इनरुवाबाट थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा रेफर गरिएको छ ।

कुटपिटमा संलग्नहरु फरार भएका छन् । विशेष टोली परिचालन गरेर उनीहरुको खोजी तीव्र पारिएको र घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी खतिवडाले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.