मधेशका पूर्वमन्त्रीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार १४:४१

काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

पूर्वमन्त्री यादवसहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो माग दाबी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.