धरौटीमा छुटे रेशमलाई पक्राउ गर्न पत्र लेख्ने महिमानसिंह

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार १७:५१

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन आफूखुसी पत्र लेख्ने महिमानसिंह विष्ट अदालतले मागेको धरौटीबापतको रकम बुझाएर छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीस दिनबन्धु बरालको इजलासले उनलाई धरौटीबापत १ लाख रूपैयाँ लिएर धरौटीमा छाड्न सोमबार आदेश दिएको हो । आदेशलगत्तै उनी धरौटी रकम बुझाएर छुटेका हुन् ।

चौधरीलाई थुनामा पठाउन भन्दै प्रहरीलाई अनधिकृत हिसाबले पत्र लेखेका उनी वैशाख १७ गते पक्राउ परेका थिए । चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्ने पत्र उनले लेखेका थिए ।

उनी आफैं पत्र लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए । प्रहरीले उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.