
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयबाट १ जना थुनुवा फरार भएका छन् । उक्त कार्यालयको मूल गेटबाट आज (बुधबार) थुनुवा फरार भएका हुन् । भागेका छन् ।
प्रहरी वृत्त स्वयम्भुबाट उनलाई मुद्दाको प्रयोजनका लागि ल्याइएको थियो । प्रहरीका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।
उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

























