अनलाइन जुवा खेलाएको आरोपमा आमाछोरी पक्राउ

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ७, बुधबार १५:११
प्रतीकात्मक तस्बिर

झापा । झापामा अनलाइन सट्टाबाजी (जुवा) खेलाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने आमाछोरी हुन् ।

प्रहरीका अनुसार कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरक ४१ वर्षीया इन्दिरा प्रसाईँ र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाईँ छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले आज (बुधबार) बिहान अनलाइन जुवा खेलाइरहेको सूचनाको आधारमा उनीहरुको घरमा छापा मारेको थियो ।

उनीहरूको साथबाट ५ थान मोबाइल, २ थान ट्याब र एउटा ल्यापटप बरामद गरिएको छ । उनीहरुले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आइरहेको पाइएको छ ।

दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.