प्रहरी इन्स्पेक्टर हुँ भन्दै आतंक फैलाउने पक्राउ

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार ११:०७

काठमाडौं । इन्स्पेक्टर हुँ भन्दै प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई धम्क्याउँदै आतंकित बनाउने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो ।

भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका गिरीले फेसबुकमा इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानेले बताए ।

जेठ ६ गते राति साढे ९ बजेतिर मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी भुटु रेस्टुरेन्ट अगाडि आफू प्रहरीको इन्स्पेक्टर भएको बताउँदै बर्दी लगाएरको तस्बिर समेत देखाएर आतंकित पारेको आरोप प्रहरीको भनाइ छ ।

प्रहरी वृत्त भक्तपुर ठिमीको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.