गाँजा बोकेर सार्वजनिक सवारीमा यात्रारत् युवती पक्राउ

Share this
818shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार १२:२७

विराटनगर । लागुऔषध गाँजासहित प्रहरीले धनकुटाको साँगुरीगढीबाट १ जना युवतीलाई पक्राउ गरेको छ । आज (बिहीबार) इलाका प्रहरी कार्यालय, भेडेटारबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकमा जाँचका क्रममा तेह्रथुमबाट इटहरीतर्फ आउँदै गरेको प्र१–०२,००१ ज ४४८० नम्बरको यात्रुबाहक गाडीको छतमा एउटा जेब्रा झोला र दुई वटा बोरामा ५१ किलो गाँजा फेला परेको थियो ।

प्रहरीका अनुसार ती झोला गाडीमा सवार रहेकी धनकुटाको सहीदभूमि गाउँपालिका–७ की २६ वर्षीया लक्ष्मी राईको रहेको खुलेको थियो । गाँजासहित उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गाडी चालक तेह्रथुम, म्याङ्गलुङ्ग नगारपालिका–७ का ३७ वर्षीय प्रकाश गुरुङलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.