बुहारीको योजनामा वृद्धाको हत्या, ३ जना कारागार चलान

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार ११:०१

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीया वृद्धा हत्या प्रकरणका तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आफ्नै बुहारीको योजनामा ७२ वर्षीय वृद्ध मीनबहादुर कुमालको घाँटी थिचेर बैशाख १४ मा हत्या भएको थियो । आरोपितलाई जिल्ला अदालत संखुवासभाको आदेशमा शुक्रबार कारागार चलान गरिएको हो ।

हत्या गरेको आरोपमा ४५ वर्षीया बुहारीलाई जिल्ला कारागार खाँदबारी चलान गरिएको छ । वृद्धको हत्यामा संलग्न अन्य १७र१७ वर्षीय दुई युवकलाई बाल सुधार गृह विराटनगर पठाइएको छ ।

हत्या आरोपमा पक्राउ परेकी १३ वर्षीया बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.