धरानबाट ६ जना पक्राउ

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार १४:४७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । सुनसरीको धरानबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै ३० वर्षमुनिका छन् ।

धरान उपमहानगरपालिका–११ बाट प्रतिबन्धित लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार धरान–१९ का १८ वर्षीय अनिष मगर, धरान–१७ का २२ वर्षीय राजकुमार राई, २८ वर्षीय अनिल मगर, धरान–११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बू र १८ वर्षीय अनिल मगर पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले लागुऔषध ट्रमाडोल ७ सय ९५ र कोलिवान ७ सय ८५ पिस बरामद गरेको छ । लागुऔषध बरामद गरेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.