
विराटनगर । प्रहरीले झापाबाट ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।
फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले आइतबार झापाकाे विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा बुझाइएकाे जिल्ला प्रहरी कार्यालय झापाले बताएकाे छ ।
यी हुन् पक्राउ परेकाहरु
१, मिति २०८१।०५।१६ गतेको फैसलाले कैद ६ महिना र जरिवाना २०००।– भएको लागुऔषध मुद्दाका फरार प्रतिवादी जिल्ला झापा कमल गापा वडा नं. १ बस्ने वर्ष ३१ को किरण बेघा ।
२, मिति २०७३।०३।१२ गतेको फैसलाले १ वर्ष कैद जरिवाना १२,५००।– भएको ठगी मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा घोबिनी गापा ५ बस्ने वर्ष ५३ को हरेन्द्रप्रसाद कुर्मी ।
३, मिति २०७३।०३।१२ गतेको फैसलाले १ वर्ष कैद जरिवाना रु.१२,५००।– भएको ठगी मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा घोबिनी गापा ५ बस्ने वर्ष ५२ को ईद्रिश मियाँ ।
४, मिति २०८१।०७।२१ गतेको फैसलाले १ महिना कैद जरिवाना रु २०००।– भएको लागुऔषध मुद्दाको फरार प्रतिवादी जिल्ला झापा कचनकवल गापा ७ बस्ने वर्ष २६ को अरबिन भट्टराई ।
५, मिति २०८०।०६।२३ गतेको फैसलाले जरिवाना रु २००।– भएको लागुऔषध मुद्दाको फरार प्रतिवादी जिल्ला झापा मेचिनगर नपा ७ बस्ने वर्ष २४ को ओम पोर्तेल भन्ने ओमबहादुर बिक ।
६, मिति २०८०।०८।२० गतेको फैसलाले ३ महिना कैद र जरिवाना ४०००।– भएको सट्टाबाजी मुद्दाको फरार प्रतिवादी जिल्ला झापा दमक नपा ८ बस्ने वर्ष २६को सतप्रकाश साह ।
७, मिति २०८०।०८।२० गतेको फैसलाले ३ महिना कैद र जरिवाना रु ४०००।– भएको सट्टाबाजी मुद्दाको फरार प्रतिवादी जिल्ला झापा दमक नपा ७ बस्ने वर्ष २७ को राजु श्रेष्ठ ।
८, मिति २०८०।०८।२० गतेको फैसलाले ३ महिना कैद र जरिवाना रु ४०००।– भएको सट्टाबाजी मुद्दाको फरार प्रतिवादी जिल्ला झापा कमल गापा २ बस्ने वर्ष ३० को अरुण कार्की ।
९, मिति २०८०।०८।२० गतेको फैसला नं ९/३१०२, ३ महिना कैद र जरिवाना रु ४०००।– भएको सट्टाबाजी मुद्दाको फरार प्रतिवादी जिल्ला झापा गौरादह नपा ८ बस्ने वर्ष ३३ को पिताम्बर ध्वज थापा ।

























