१२ किलो चाँदीसहित बसका सहचालक पक्राउ

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १६:११

काठमाडौं । १२ किलोभन्दा बढी चाँदीसहित बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सहचालक बाराको कलैयाका ३२ वर्षीय अनिशकुमार सिंह छन् । प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरेको हो ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा. प्र.-०१-००३ ख ३७०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम अवैध चाँदी बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

बिल बिजक बिनाका चाँदीका गरगहना सहचालकले काठमाडौं ल्याएको खुलेको एसपी बोहराले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.