
काठमाडौं । रूपन्देहीको बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।
बुटवलको होराइजनचोक स्थित मिलिजुली पथकी ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो ।
सम्बन्ध विच्छेद पछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्वपति सुजन कोइरालाले आफ्नो घरमा बोलाएर बुधबार बिहान हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।
आज बिहान करिब ४ बजे तीन जनाको हत्या भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । उनीहरुमाथि घरेलु हतियार हेम्बर र चक्कु प्रहार भएको थियो ।
दीपाका पूर्वपति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका कोइराला दाजुको हत्यामा सजाय पाएपछि छुटेका व्यक्ति हुन् ।

























