गाँजासहित २ जना महिला पक्राउ

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार १२:४८

विराटनगर । प्रहरीले प्रतिबन्धित लागुपदार्थ गाँजासहित उदयपुरबाट २ जना महिलालाई पक्राउ गरेको छ । आज (शुक्रबार) उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको टोलीले चौदण्डीगढी नगरपालिका–१ रानीटारबाट ४१ वर्षीया रत्नमाया श्रेष्ठको घरबाट नियन्त्रणमा लिएको हो ।

उक्त घरमा ३५ वटा बोरामा हालेर राखिएको करिब १ हजार १४३ किलो गाँजा भेटिएको थियो । गाँजासहित घरधनी श्रेष्ठ र सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठलाई पक्राउ गरिएको हो ।

दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.