अर्काको घरमा आगो लगाउने लोकमान पक्राउ

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार १५:३०
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ

अछाम । अर्काको घरमा आगो लगाएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

अछामको मेल्लेख गाउँपालिका–६ नावली बाइगाउँ टोलका अन्दाजी ६० वर्षीय लोकमान खत्री पक्राउ परेका हुन् । अछाम प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक) ईश्वरीप्रसाद भण्डारीका अनुसार लोकमानले बुधबार राति ९ः३० बजेतिर स्थानीय जगतबहादुर खत्रीको घरमा आगो लगाइदिएका थिए ।

आगोले घरको छानोमा रहेको नलपराल तथा छानो जलेर पूर्ण रूपमा ध्वस्त भएको जानकारी भण्डारीले दिए । जगतको घरमा आगो लगाएर लोकमान फरार भएका थिए । अर्काको घरमा आगो लगाउनुको कारण खुलिसकेको छैन ।

खोजतलासका क्रममा लोकमानलाई फेला पारेर पक्राउ गरी प्रहरीले अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको छ । उनीविरुद्ध आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी भण्डारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.