धनकुटाबाट खैरो हेरोइनको कारोबार गर्ने गिरोह पक्राउ

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार १९:१६
फाइल फोटो

विराटनगर । धनकुटाबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)को कारोबार गर्ने गिरोह पक्राउ परेको छ । गिरोहका ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–६ राजारानीका २२ वर्षीय पुजन लिम्बू, शेषेहाङ चेम्जोङ, जेम्सन लिम्बू र ३७ वर्षीय दिनेश दिनेश लिम्बू रहेका छन् । पुजन लिम्बूको घरको कोठामा सुतिरहेका सबै जनालाई सोमबार बिहान ७ः३० बजेतिर पक्राउ गरिएको धनकुटा प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार लागुऔषधको कारोबार भइरहेको विशेष सूचना प्राप्त भएपछि नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय राजारानीबाट इन्स्पेक्टर प्रमोद खड्काको नेतृत्वमा टोली परिचालन गरिएको थियो । पक्राउ परेकाहरु सुतेको कोठामा प्रहरीले छापा हान्दा प्लाष्टिकमा ‘प्याक’ गरेर टेबुलमा राखिएको अवस्थामा खैरो हेरोइनजस्तो देखिने वस्तु ३ ग्राम ९ सय मिलिग्राम बरामद भएको एसपी थापाले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुको साथबाट ४१ हजार ५ सय रूपैयाँ नगदसमेत बरामद भएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु लागुऔषध खैरो हेरोइनको कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.