
विराटनगर । सप्तरीमा डाँका समूहले एक व्यक्तिको हत्या गरेको छ । शुक्रबार बिहानकाे राति सप्तरीको सुरुङ्गा नगरपालिका– ८ मलहन्वाका ५० वर्षीय कन्तलाल चौधरीको गोली हानी हत्या गरेको हो ।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका घटना शुक्रबार बिहानकाे राति करिब १ बजेकाे हाे । ४–५ जनाकाे समूहमा रहेकाे डाँका समूहले लुटपाटकाे प्रतिकार गर्दा चाैधरीमाथि गाेली प्रहार गरेकाे हाे । उनकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
डाँका समूहले चाैधरीकाे घरमा रहेको ५ तोला सुन, २ केजी चाँजी र ६० हजार नगद लुटपाट गरी लगेकाे प्रहरीले बताएकाे छ ।
लुटपाटको प्रतिकार गर्ने क्रममा चौधरीलाई डाका समूहले सुरुमा धारिलो हतियारले प्रहार गरेकाे थियाे । प्रतिकारका क्रममा गाेली प्रहार गरेकाे थियाे । उनलाई एक राउन्ड गाेली लागेकाे छ ।
लुटपाटकाे प्रतिकार गर्दा छिमेकी ४० वर्षीय रामाकान्त चौधरीमाथि पनि धारिलो हतियार प्रहार भएको छ । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ ।
घटनास्थलमा प्रहरीले नपडकिएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका फेला परेको छ ।

























