कैद र जरिवाना तोकिएका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २७, मंगलबार १२:३६

काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना हुने ठहर भएका प्रतिवादी पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–१ घर भएका राम बहादुर विष्ट छन् । ३९ वर्षीय विष्टविरुद्ध उच्च अदालत पाटनले ७ दिन कैद, २० हजार जरिवाना र ८० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

अदालतले सजाय तोकेर फैसला गरे पनि उनी सम्पर्कविहीन बनेका थिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.