घरायसी विवादमा श्रीमानको हत्या, महिला पक्राउ

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार १३:०१

काठमाडौं । अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको छत्रदेव गाउँपालिका–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनास्थलबाट हतियारसहित मेखमायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमान्–श्रीमतीबीच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झनकप्रसाद शर्माले बताए । उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.