बाख्रा चोरी गर्दैगर्दा खुकुरी प्रहार, एक जनाको मृत्यु

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २, सोमबार ०९:५६

विराटनगर । सुनसरीमा चोरीको आरोपमा खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहानको राति करिब साढे २ बजे सुनसरीको रामधुनी नगरपालिका– २ शिवनगरका ४० वर्षीय सन्तोष चौधरीले खुकुरी प्रहार गर्दा रामधुनी– ४ लालपुरका ४२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

गोठमा बाधेको एउटा खसी र एउटा पाठो चोरी गरी लैजादै गर्दा सन्तोषले होहल्ला गर्दै लखेटेका थिए । बाख्रा छाडेर भागेका राकेशलाई लखेट्ने क्रममा उनले खुकुरी प्रहार गरे ।

खुकुरी राकेशको दाहिने हातको नाडीमा लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि साई अस्पताल झुम्का लगिएको थियो । थप उपचारका लागि उनलाई बिहान नोबेल मेडिकल कलेज ल्याइएको थियो । नोबेलमा उपचारका क्रममा बिहान करिब साढे ५ बजे मृत्यु भएको हो । राकेशको मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि सन्तोषलाई पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.