
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा सुन र चाँदीको मूल्यमा गिरावट आएको हो ।
सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार १ लाख ९५ हजार ९ सय रूपैयाँ थियो ।
यस्तै, चाँदी मूल्य पनि घटेको छ । प्रतितोला २५ रूपैयाँले घटेर चाँदीको मूल्य २ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

























