बजारमा सुनको मूल्य घट्यो 

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ११, बुधबार १२:५०

विराटनगर । नेपाली बजारमा बुधबार ( आज ) सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २ दिनदेखि बजारमा सुनको मूल्य घट्दै आएको हो ।

मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला प्रतितोला २० रुपैयाँ घटेको हो

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.