किया ब्राण्डका सवारी साधन विराटनगरबाट बिक्री सुरु

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार १८:३४

विराटनगर । विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’ ब्रान्डका सवारीसाधनको बिक्री वितरण शुक्रबार (आज) देखि विराटनगरबाट सुरु भएको छ ।

विराटनगरको पिपल चोकमा कियाको नेपालका लागि अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजले बिक्री वितरणको सोरुम  सञ्चालनमा ल्याएको हो ।

अत्याधुनिक सुविधासमेतका नयाँ ‘किया सीआई २.०’ मापदण्ड अनुसारको अपडेटेड सो रुम खोलेको बताइएको छ ।

कम्पनीले उक्त सोरुममा असार १४ गतेदेखि १६ गतेसम्म आकर्षक सुविधासहित अन्य पुराना गाडीमा नयाँ किया साटासाटको सुविधा को क्याम्प सञ्चालन गरेको छ ।

गाडी साटासाटमा पुराना गाडीको आकर्षक मूल्य प्रदान गरिने कियाका बजार व्यवस्थापक निरात न्यौपानेले बताए ।

यस्तै,  क्याम्पमा कियाका नयाँ गाडीहरू फेलिटेट सेल्टोस, सोनेट र कारेन्स २०२५ मोडलका गाडीहरूको टेष्ट ड्राइभको सुविधा समेत रहेको जनाएको छ ।

ग्राहकहरूलाई किया गाडी खरिद गर्न सहज तरिकाले बैक, वित्तीय संस्थाबाट फाइनान्सको सुविधा मिलाइएको छ भने रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बिमा कम्पनीले व्यहोर्ने व्यवस्था रहेको बताइएको छ ।

साेरुममा कियो ब्रान्डका इन्धन र विद्युतीय सवारी साधन उपलब्ध हुने शोरुमका  प्रबन्धक कुशल लामिछानेले जानकारी दिए ।

कोशी प्रदेशमा किया मोटरको बिक्री वितरण वृद्धि गर्ने उद्देश्यले सो रुम सञ्चालनमा ल्याइएको किया अटो डिभिजनका सहायक जनरल प्रबन्धक मन्जितकुमार पोखरेलले बताए ।

उनले विश्वमा ख्याति कमाएको किया ब्रान्डका सवारी साधनहरू विगत ३० वर्षदेखि नेपालका सडकमा सञ्चालन रहेको र लोकप्रिय रहेका छन् ।

किया ब्रान्डले विश्वमा इन्धन तथा विद्युतीय दुवै सवारी साधनहरूले लोकप्रियता हासिल गरेको प्रबन्धक पोखरेलको दाबी रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.