गण्डकी प्रदेशको बजेट पारित

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार १८:४०

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको बजेट पारित भएको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो । यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ दिएका थिए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २०८२–८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ को बजेट प्रस्तुत गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.