
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । चाँदीको भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले घटेको हो । मूल्य घटेसँगै सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ लाख ९५ हजार २ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदी तोलाको २ हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला २ हजार ३ सय ३५ रूपैयाँ थियो ।

























