नेपालमा एमसीसी निरन्तर

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ११, आइतबार १७:४२

काठमाडौं । नेपालमा कार्यान्वयनको चरणमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)को कम्प्याक्टलाई अमेरिकाले निरन्तरता दिने भएको छ । अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको हो । पछिल्लो निर्णयका बारेमा नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।

अमेरिकी दूतावासका अनुसार ५० करोड अमेरिकी डलर (हालको विनिमय दर अनुसार ६८ अर्ब ५० करोड रुपैयाँ) बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९ करोड ७० लाख अमेरिकी डलर (करिब २७ अर्ब रुपैयाँ) को योगदानले विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जाल सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पु‍र्‍याउँछन् ।

अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले पनि अमेरिकी सरकारले नेपालमा एमसीसीले निरन्तरता पाउने विषयमा जानकारी गराएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.