विराटनगर भन्सारले उठायो ३६ अर्ब ७२ करोड राजश्व

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ११, आइतबार १९:१४
फाइल तस्बिर

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ३६ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलन गरेकाे छ । याे निर्धारित लक्ष्यभन्दा १९.८ प्रतिशत कम हाे । भन्सार कार्यालयका अनुसार लक्ष्य ४१ अर्ब ५५ करोड रुपैयाँ संकलन गर्ने थियाे ।

गतवर्ष भदौमा सबैभन्दा कम ६८.२६ प्रतिशत राजवश्व संकलन भएको थियो ।

भन्सारले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने ५० अर्ब ८१ करोड ६२ लाख रुपैयाँ लक्ष्य राखेकोमा ३० अर्ब ३४ करोड ९० लाख रुपैयाँ संकलन गरेको थियो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल २ खर्ब ८३ अर्ब ४१ करोड ३७ लाख रुपैयाँभन्दा बढीको व्यापार भएको छ । २ खर्ब ९ अर्ब ९९ करोड ८९ लाख रुपैयाँको बस्तु आयात भएको छ भने ७३ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बढीको निर्यात भएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.