गौतमबुद्ध रंगशालाको काम सुस्त

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार ०८:३७

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुस्त भएको छ । चितवनको भरतपुरमा निर्माण भैरहेको रंगशालाको काम सुस्त भएको हो ।

रंगशालाका लागि गत आर्थिक वर्षमा विनियोजन भएको साढे १० करोड रकम फ्रिज भएको छ ।

रंगशाला निर्माणको जिम्मा लिएको हिमायन कालिञ्चोक बीबीआर जेभीले समयमा नै कामको गति बढाउन नसक्दा रंगशालाका लागि संघीय सरकारबाट विनियोजन गरिएको रकममध्ये ७ करोड ३४ लाख ३० हजार १ सय ६५ र बागमती प्रदेश सरकारबाट विनियोजन गरिएको ३ करोड २० लाख रकम फ्रिज भएको हो ।

संघीय सरकारले गत आर्थिक वर्ष २५ करोड रकम रंगशाला निर्माणका लागि विनियोजन गरेकोमा १७ करोड ६५ लाख मात्रै खर्च भएको छ । बागमती प्रदेश सरकारले १० करोड रकम विनियोजन गरेकोमा ६ करोड ८० लाखको मात्रै काम भएको छ ।

गत आर्थिक वर्षमा रंगशाला निर्माणमा जम्मा ६९.८७ प्रतिशत रकम खर्च भएको छ । निर्माण कम्पनीले ३ वटा रनिङ बिलबाट १७ करोड ६५ लाख ६९ हजार ८ सय ३४ रुपैयाँ भुक्तानी लिएको छ भने पेश्की स्वरुप १३ करोड ६० लाख रकम अघिल्लो आर्थिक वर्षमा नै लिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.