झापा साइक्लिङ क्लबको अध्यक्षमा श्रेष्ठ 

Share this
838shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १३, मंगलबार १४:२०

झापा । झापा साइक्लिङ क्लबको अध्यक्षमा आकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

झापाको बिर्तामोडमा भएको साइकल राइडरहरूकाे भेलाले श्रेष्ठको अध्यक्षतामा क्लब गठन गरेको हो ।
श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य चयन भए ।

समितिको सदस्यहरूमा शिरीष रिमाल, संगीता दनुवार, प्रवीन शाक्य, नारदप्रसाद रिजाल, कमल खतिवडा, नवराज गणेश, शरद जोशी र निर्मल भट्टराई चयन भएका हुन् ।

झापामा ६ वर्ष अघिदेखि साइकलसँग सम्बन्धित गतिविधि हुँदै आए पनि विधिवत् रूपमा संस्था गठन भएको पहिलो पटक हो ।

अध्यक्ष श्रेष्ठकै अगुवाइमा सन् २०२० देखि बिर्तामोडमा झापा कोरा च्यालेन्ज हुँदै आएको छ । साथै, साइकल र साइकल पर्यटनका कामहरू भइरहेका छन् ।

नवगठित समितिले चाँडै नै झापामा साइक्लिङको प्रवर्द्धन गर्नुका साथै साइकलसँग जोडिएर पर्यटनका क्रियाकलापहरू गर्ने योजना बनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.