
विराटनगर । सेयर बजार मापन गर्ने नेप्से परिसूचक ४ वर्षयता कै उच्च विन्दुमा पुगेकाे छ । मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
यो करिब ४ वर्ष यताकै उच्च विन्दु हो । यस अघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा बन्द भएको थियो । सो पश्चात आज नेप्से उच्च विन्दुमा पुगेको हो ।
आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार १९ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको थियो । मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो ।
आज ३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो ।
मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो ।

























