मेची भन्सारबाट १ वर्षमा १ अर्ब बढीको लसुन आयात

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १४, बुधबार ०८:०३

विराटनगर । नेपालमा विभिन्न देशबाट लसुन आयात अझै बढ्दै गएको एक तथ्यांकले देखाएको छ । मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा लसुन आयात २ सय २५ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा मात्रै १० करोड २१ लाख १९ हजार ६२० किलोग्राम लसुन नेपाल भित्रेको थियो । भन्सार मूल्यांकन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरको लसुन नेपाल भित्रेको हो ।

यसबापत ३३ करोड ६६ लाख ७९ हजार रुपियाँ बराबर राजस्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २२५.१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ४० करोड सात लाख ९४ हजार रुपियाँको ३२ लाख १६ हजार २० किलोग्राम लसुन आयात भएकोमा पछिल्लो वर्ष आयात बढेको हो ।

चीनबाट भारत हुँदै लसुन नेपाल भित्रिने गरेको छ । सबैभन्दा बढी राजस्व वृद्धि भएका १० वस्तुमा लसुन पनि रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.