
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । यसअघि बढेको सुनचाँदीको मूल्य बिहीबार भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ८ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रूपैयाँ कायम भएको छ । बुधबार प्रतितोला १ लाख ९४ हजार ४ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको २ हजार २ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको २ हजार ३ सय १० रूपैयाँ थियो ।

























