
विराटनगर । तेस्रो ताप्लेजुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको तालिका सार्वजनिक भएको छ ।
प्रतियोगिताको आयोजक लाखेजात्रा सञ्चालन समितिले बिहीबार ताप्लेजुङको पाथीभरा मन्दिरमा एक कार्यक्रमकाबीच खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजक समितिका अध्यक्ष सागर मादेनले साउन २४ गतेदेखि ३१ गतेसम्म हुने प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको जानकारी दिए ।
उनका अनुसार ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब, इटहरीको द योङ ब्रदर्श क्लब, पोखराको सहारा क्लब, झापाको रेड स्टार फुटबल क्लब, भारत सिलगुडीको उजन्ड फुटबल एकेडेमी, काठमाडौंको चर्च ब्वाइज फुटबल क्लब, सिरहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेल साउन २४ गतेदेखि ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब र इटहरीको द योङ ब्रदर्श क्लबबीच हुनेछ ।
साउन २५ गते पोखराको सहारा क्लब र झापाको रेड स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ भने साउन २६ गते भारत सिलगुडीको लेजण्ड फुटबल एकेडेमी र काठमाडौंको चर्च ब्वाइज फुटबल क्लबबीच खेल हुनेछ ।
त्यस्तै, २७ गते सिरहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच खेल हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा ८ टिम सहभागी हुँदै छन्।
प्रतियोगिताको सेमिफाइनल खेल साउन २८ र २९ गते हुनेछ उपाधिका लागि साउन ३१ गते फाइनल खेल हुनेछ ।

























