सर्वाधिक राशिको महिला गोल्डकप झापामा हुँदै 

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १५, बिहीबार २०:४५

झापा । झापामा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता कात्तिकमा हुने भएको छ ।

‘झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिता कात्तिकमा आयोजना हुने बिहीबार झापा महिला गोल्डकप समितिले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो ।

कात्तिक १५ देखि कात्तिक २२ गतेसम्म शिवसतासी नगरपालिका –११ स्थित नवनिर्मित दूधे रंगशालामा झापामा पहिलो पटक महिला गोल्डकपको आयोजना गर्न लागेको समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

महिला फुटबलको विकास, प्रवर्द्धन र ग्रामीण क्षेत्रमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ झापामा पहिलो पटक महिला गोल्डकपको आयोजना गर्न लागेको बताउँदै, अध्यक्ष थोप्राले भने, ‘यो प्रतियोगिता नेपालकै प्रतिष्ठित र लोकप्रिय हुनेछ । मोफसलकै सर्वाधिक पुरस्कार राशि राखिने भएकाले पनि लोकप्रिय हुने आशा गरेका छौँ । यस प्रतियोगिताले झापालाई महिला फुटबलको हबको रुपमा विकास गर्न ठुलो सहयोग पुग्ने छ ।’

त्यस्तै, मस्ट भ्यालुएबल प्लेयर, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा आयोजकको तर्फबाट एक टोलीका साथ नेपालका ३ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिताको टुंगो लागी सकेको आयोजकले जनाएको छ ।

त्यस्तै, भारत र भुटानको १–१ टोली तथा बाँकी २ टोली नेपालका ‘ए’ डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङलाई सल्लाहकार संयोजक चयन गरिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.