
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । २ दिनयता सुनचाँदीको मूल्य लगातार घटिरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रूपैयाँ कायम भएको छ । बिहीबार मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको २ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको २ हजार २ सय ७० रूपैयाँ थियो ।

























