कुराशमा प्रशान्तलाई कांस्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण १८, आइतबार १९:०५

काठमाडौं । नेपाली खेलाडी प्रशान्त राईले  एसियन कुराश च्याम्पियनसिप २०२५ मा कांस्य पदक जितेका छन् ।

दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनि तौल समूहमा कांस्य जितेको नेपाल कुराश संघले जनाएको छ ।

प्रशान्त सेमिफाइनलमा उज्बेकिस्तानका खेलाडीसँग पराजित भएपछि कांस्यमा सीमित भए ।

एसियाली कुराश महासंघको आयोजनामा जुलाई ३० देखि अगस्ट ५ तारिखसम्म चल्ने प्रतियोगितामा प्रशान्तको स्पर्धामा भारत, तुर्कमेनिस्तान, मंगोलिया, चीन (ताइपेईं), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालबाट २ खेलाडी सहभागी छन् । नामशाङ सामसोङ जुनियर पुरुष ५२ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो ।

यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा  कृति शर्माले ५२ केजीमुनि कास्य पदक जितेकी थिइन् ।

प्रतियोगिताका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा पनि भाग लिएको कुराश संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.