कफी निर्यात गर्ने प्रदेश कोशी हुनेछ : मन्त्री मगर

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार १७:४६
कफी निर्यात गर्ने प्रदेश कोशी हुनेछ : मन्त्री मगर

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कोशी प्रदेशलाई सबैभन्दा बढी कफी निर्यात गर्ने प्रदेशका रूपमा स्थापित गर्ने बताए ।

सोमबार मोरङ चेम्बर अफ कमर्सको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्‌घाटन गर्दै मन्त्री मगरले अन्य प्रदेशभन्दा बढी कफी निर्यात कोशी प्रदेश हुने गरी काम भइरहेको उल्लेख गरे ।

कोशी प्रदेशमा अपेक्षित रूपमा उद्योग फस्टाउन नसकेको प्रति चिन्ता व्यक्त गर्दै औद्योगिक सहरको पहिचान बनाएको विराटनगर अहिले पछि परेको बताउँदै, मन्त्री मगरले भने, ‘प्रदेशको राजधानी विराटनगर नभएको भए अवस्था झन् बिग्रने रहेछ जस्तो लाग्छ । विकास हुनका लागि राजनीतिक स्थायित्व हुनुपर्ने रहेछ । राजनीतिक स्थायित्व नहुँदा सरकारले अघि सारेका नीतिहरू पनि परिवर्तन भइरहँदा समस्या आइपर्ने रहेछ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोभिड १९ र रुस –युक्रेन युद्धका कारण विश्व व्यापी रूपमा परेको असर र सङ्कुचित मौद्रिक नीतिका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजारको माग डर लाग्दो तरिकाले घटेको बताए । उनले उद्योगको उत्पादन पनि ५० /६० प्रतिशत मात्रै हुने गरेको र सरकारले पुँजीगत खर्च गर्न नसकेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सरकारको नीति परिवर्तन आवश्यक रहेको बताए ।

त्यस्तै, मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले नेपाली उद्योगको विकासका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताए ।

सो अवसरमा श्रीराम आयलका प्रदीप मुरारका, न्युरो अस्पताल विराटनगरका डा. वीरेन्द्र विष्ट, पल्स फेसन सुनसरी खनारका निमेष प्रधान, क्वालिटी रिफाइनरी उद्योगका घनश्याम काबरा, नोबेल मेडिकल कलेज विराटनगरका लोकनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।

यो अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.