
विराटनगर । मोरङ चेम्बर अफ कमर्सको अध्यक्षमा शिवप्रसाद रिजाल चयन भएका छन् । तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट रिजाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
अधिवेशनले घनश्याम कवरा र तुलसी प्रसाद पोखरेललाई उपाध्यक्षमा चयन गरेको छ । महासचिवमा कृष्णप्रसाद दाहाल, सचिवमा हरिबहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार मिश्र र सह–कोषाध्यक्षमा देवेन्द्र बहादुर बस्नेत चयन भएका छन् ।
सदस्यहरूमा अञ्जलीदेवी श्रेष्ठ, विजय सुरना, दुर्गा रेग्मी, जुगलकिशोर राठी, विकास लालवानी, रितेश खनाल, सीतादेवी पराजुली, सुरेशकुमार भट्टराई, सुवासप्रसाद रिजाल र चिरञ्जीवी पराजुली चयन भएका छन् । यसअघि यादव पोखरेल अध्यक्ष थिए ।

























