खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट ५० जना खेलाडी लाभान्वित

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २०, मंगलबार १९:५५
खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट ५० जना खेलाडी लाभान्वित

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्थापना गरेको खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट हालसम्म ५० खेलाडी लाभान्वित भएका छन् ।

मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराँते, बक्सिङ, कुस्ती, तेक्वान्दो र जुडोका खेलाडीको परीक्षण गरिएको हो । फुटबल खेलाडीको परीक्षण पनि जारी छ ।

एक सातापछि अन्य खेलका खेलाडीको परीक्षण पनि सम्पन्न हुने केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए ।

बायोमेकानिक्स, कार्डियो भस्कुलर इन्डुरेन्स, मसल्स पावर, आईसोमेटिक स्ट्रेन्थ, शरीरको पोस्टर, शरीरको चालको अवस्था, थकानको मापन, लेक्टिक एसिड टेस्ट, दौडने क्षमता, निर्णय गर्ने क्षमतालगायतका विषयमा परीक्षण गरिएको थियो ।

राखेपले अत्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परीक्षण र अनुसन्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपालमै पहिलो पटक यस प्रकारको अनुसन्धान केन्द्र स्थापना गरेको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा स्थापना गरिएको केन्द्रको गत असार २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.