
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १ हजार र चाँदी १० रूपैयाँले बढेको हो ।
भाउसँगै सुनको मूल्य प्रतितोला २ लाखनजिक पुगेको छ । भाउ बढेसँगै सुन तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार १ लाख ९८ हजार ४ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला १० रूपैयाँले बढेर मूल्य २ हजार ३ सय २५ रूपैयाँ पुगेको छ । बिहीबार तोलाको २ हजार ३ सय १५ रूपैयाँ थियो ।

























