
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल भारी गोल अन्तरले उत्तर कोरियासँग पराजित भएको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा भएको खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल पहिलो हाफमा ५–० गोले पछि परेको थियो ।
दोस्रो हाफमा उत्तर कोरिया ६ गोल थप्यो । नेपालविरुद्ध उत्तर कोरियाकी हो कोयोङले ५ गोल गरिन्। पहिलो हाफको ५ वटै गोल उनको रहयो । उनीसँगैँ जर्सी नम्बर २० की चोइ चोङ् गमले पनि ह्याट्रिक पूरा गरिन् ।
योसँगै आयोजक भुटानले दोस्रो स्थानमा आउन आज साउदी अरेबीयालाई पराजित गर्नुपर्ने हुन्छ। भुटान साउदीसँग बराबरीमा रोकिएको खण्डमा या साउदी अरेबीयाले भुटानलाई हराएको खण्डमा नेपाल दोस्रो स्थानमा रहँदै पुनः क्वालिफर्यसमा रहेर एसियन कप खेल्ने सम्भावना बाँकी रहन्छ ।
तीन पटकको विश्वकप विजेता र २ पटकको एसियन च्याम्पियन उत्तर कोरिया पहिलो खेलमा साउदी अरेबीयालाई १५ र आयोजक टिम भुटानलाई १० गोल प्रहार गर्दै एसियन कपको लागि छनोट भएको हो ।

























