
विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नेपालको नयाँ जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटिज हो ।
नेपाली टोली टी– २० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नुअघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो ।
नेपालले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी–२० सिरिज खेल्दै छ । सिरिज आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ ।

























