
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको १ हजार १ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला १ लाख ९८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको १ लाख ९९ हजार २ सय रूपैयाँ थियो ।
यसैबीच, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको २ हजार ३ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार प्रतितोला चाँदी २ हजार ३ सय ३० रूपैयाँ थियो ।

























