क्रिकेटर ललित राजवंशीको घर सांसद अर्यालले बनाइ दिने

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २६, सोमबार २०:०९

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितनारायण राजवंशीको जीर्ण अवस्थामा रहेको घर अब पक्की बन्ने भएको छ ।

कोशी प्रदेशका सांसद अमृत अर्यालले राजवंशीको विराटनगर महानगरपालिका–१४ स्थित घर निर्माण गरिदिने घोषणा गरेका हुन् ।

मातृशोकमा परेका क्रिकेटर राजवंशीलाई समवेदना दिन साेमबार उनको निवास पुगेका सांसद अर्यालले जीर्ण घरको अवस्था देखेर यस्तो घोषणा गरेका हुन् ।

उनले प्रदेश सरकारको “जनता आवास कार्यक्रम” अन्तर्गत राजवंशीको घर निर्माण गरिने बताए । यो घोषणालाई क्रिकेटर राजवंशीले स्वीकार गरेका थिए ।

सांसद अर्यालका अनुसार, कोशी प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसदकाे सिफारिसमा निर्वाचन क्षेत्रमा ६  अति विपन्न परिवारका लागि घर निर्माण मिल्छ । सोही कार्यक्रमअन्तर्गत एउटा घर क्रिकेटर राजवंशीको सम्मानमा निर्माण गर्न लागिएको हो ।

“उहाँको घर फुस्को र जीर्ण छ, उहाँको सम्मानमा घर बनाउन लागिएको हो,” सांसद अर्यालले भने ।

जनता आवास कार्यक्रमअन्तर्गत निर्माण हुने घर करिब चारदेखि पाँच लाख रुपैयाँको लागतमा बन्नेछ । जसमा दुई वटा कोठा, एउटा बरन्डा र शौचालय रहने छ ।

पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुने यो घर यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी रहेको सांसद अर्यालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.