
विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन तोलाको १ लाख ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ९६ हजार ८ सय रूपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने तोलाको २० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय २५ रूपैयाँ कायम भएको छ । मंगलबार तोलाको २ हजार ३ सय ५ रूपैयाँ थियो ।

























