एमसिसी अन्तर्गतका २ ठेक्कामा सम्झौता आज हुँदै

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २९, बिहीबार ०७:१५

विराटनगर । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका २ ठेक्कामा सम्झौता आज हुने भएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने ४०० केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका २ खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ ।

एमसिए नेपालका अनुसार न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन र रातामाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि आज (बिहीबार) ठेकेदार कम्पनीसँग निर्माण सम्झौता हुँदै छ । कुल ३१५ किलोमिटरको प्रसारण लाइन परियोजना अन्तर्गत यसअघि १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा निर्माणाधीन चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म १८ किलोमिटर प्रसारण लाइन बनाउन भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भएको थियो ।

बिहीबार ९० किलोमिटर लामो रातमाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि भारतको एनजेलिक–स्किपर संयुक्त उपक्रम (जेभी) सँग सम्झौता हुँदै छ । कम्पनीले उक्त लाइन निर्माण गर्न सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का पाएको छ । यो खण्डमा २४८ वटा टावरसहित प्रसारण लाइन बन्ने छ ।

त्यस्तै सात करोड ७० लाख तीन हजार अमेरिकी डलरमा निर्माण गर्ने गरी न्यु दमौलीदेखि न्यु बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन वाइबा–सलार जेभीले पाएको छ । सो प्रसारण लाइनमा २४९ वटा टावर निर्माण गरिने छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.