टेबल टेनिसको ग्लोबल च्याम्पियन लिग भदौमा

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २९, बिहीबार ११:०३
टेबल टेनिसको ग्लोबल च्याम्पियन लिग भदौमा

काठमाडौ । नेपाली टेबल टेनिसकै सर्वाधिक पुरस्कार राशिको घरेलु प्रतिस्पर्धाको रूपमा रहेको स्ट्याग ग्लोबल च्याम्पियन लिगको सिजन ३ भदौको पहिलो साता हुने भएको छ ।

विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले स्ट्याग ग्लोबल च्याम्पियन लिगमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

अखिल नेपाल टेबल टेनिस संघको तत्त्वावधान र स्ट्याग च्याम्पियन टेबल टेनिस एकेडेमीको आयोजनामा ४ राष्ट्रका विदेशी खेलाडी सहभागी हुने च्याम्पियन लिगको तेस्रो सिजन हुन लागेको हो ।

स्ट्याग च्याम्पियन टेबल टेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता निरन्तर हुँदै आएको छ । एकेडेमी नवौँपल्ट नेपाल च्याम्पियन नबिता श्रेष्ठले सञ्चालन गर्दै आएकी छन् ।

सोही एकेडेमीले नेपाली टेबल टेनिसमा उत्कृष्ट घरेलु प्रतियोगिताको रूपमा च्याम्पियन लिग गर्दै आएको छ ।

प्रतियोगिता आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । पत्रकार सम्मेलन आयोजना गर्दै स्ट्याग च्याम्पियन एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो ।

यस पटक याला टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, एभीएम टेबल टेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबल टेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कुल १० क्लबहरूले उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन् ।

पछिल्ला संस्करणमा ८ टोलीले प्रतिस्पर्धा गरे पनि यस पटक टोलीको सहभागिता बढाइएको छ । एकेडेमीकी प्रबन्ध निर्देश नबिता श्रेष्ठले डिजिटल लाइटका साथै खेलस्थललाई आकर्षक बनाउँदै प्रतियोगिता आयोजना गर्ने बताइन् ।

टेबल टेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेइका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्नेछन् ।

हरेक टोलीमा १ महिला र पुरुष विदेशी खेलाडी रहनेछन् । पछिल्ला संस्करणको तुलना पुरस्कार राशि पनि बढाएर ४ लाखबाट ६ लाख रुपैयाँ पुर्‍याइएको एकेडेमीकी निर्देशक नबिताले जानकारी दिइन् ।

लिगको विजेताले ३ लाखसहित रनिङ ट्रफी, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने २ टोलीले समान ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पहिलो संस्करणको उपाधि एभीएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन हुन् । यस पटक भने प्रहरी सहभागी छैन ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.