
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ सय र चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेको छ ।
भाउ बढेसँगै सुन तोलाको १ लाख ९६ हजार ३ सय रूपैयाँ पुगेको छ । आइतबार १ लाख ९५ हजार ५ सय रूपैयाँ थियो ।
त्यस्तै, मूल्य बढेसँगै चाँदी तोलाको २ हजार ३ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार २ हजार ३ सय १० रूपैयाँ थियो ।

























