
विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । सुन र चाँदीकै मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ६ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै मूल्य तोलाको १ लाख ९३ हजार ५ सय रूपैयाँ कायम भएको छ । मंगलबार १ लाख ९५ हजार १ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदी प्रतितोला ४५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको २ हजार २ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार मूल्य २ हजार ३ सय रूपैयाँ थियो ।

























